बिध ल्याबका सञ्चालक भण्डारीलाई मुद्दा चलाउन सिफारिस

२०८० चैत्र २, शुक्रबार

काठमाडौँ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद ६० किलो सुनमा संलग्न आरोपमा भीमकान्त भण्डारी मुद्दा चलाउन सिफारिस गरिएको छ ।

सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले उनलाई मुद्दा चलाउन सिफारिस गरेको हो । विध ल्याबका सञ्चालक भण्डारीलाई यसअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ‘बयान कागज’ गराएर छाडेको थियो । भण्डारी र सुन तस्करीमा संलग्न तिब्बतीयन मूलका बेल्जियन नागरिक छिरिङसँग सम्पर्क देखिएको छ । उनको मोबाइल प्रहरी प्रधान कार्यालय डिजीटल फरेन्सिक ल्याबमा पठाइएको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरोका अधिकारीहरूसँग भण्डारीले कोरोना सङ्क्रमण उच्च भएको समयमा चीनबाट सुरक्षा सामग्री ल्याउने प्रसङ्गमा दावासँग कुराकानी भएको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार