काठमाडौंमा अब गएको चुनावमा जस्तो एमालेको हार स्वीकार्य हुँदैन : ओली

२०८० चैत्र ७, बुधबार

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा काठमाडौंमा गएको निर्वाचनको जस्तो हार अस्वीकार्य भएको बताएका छन् । काठमाडौंका कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पार्टीको संगठन निर्माणमा लाग्न निर्देशन दिए ।

उनले भने, ‘पछिल्लो निर्वाचनमा १० प्रतिशतको हैसियतमा झर्‍यो । काठमाडौंका १० क्षेत्रमध्ये एउटा मुस्किलले जित्यौं यो स्थितिलाई अनिवार्य बदल्नुछ । बदल्नैपर्छ यस अवस्थालाई । एमालेलाई लागि काठमाडौंमा यो अवस्था स्वीकार्य छैन । एमालेका उद्देश्य, स्पष्ट विचार र गरेका कामकोप्रति पनि यो परिणाम सन्तोषजनक पीडादायी छ । यो स्थितिलाई बदल्नैपर्छ र यसलाई उल्ट्याउनैपर्छ ।

सत प्रतिशत नभए ९० प्रतिशत उल्ट्याउनुपर्छ । प्रदेशमा पनि हामी एक्लै बहुमतको स्थिती थियो । अहिले हामी कमजोर भएका छौं । यी पक्षमा गम्भिरताका साथ ध्यान दिएर संकल्प पर्नुपर्छ ।’ उनले समय निर्धारण गरेर पार्टी कमिटी निर्माणको योजना बनाएर अघि बढ्न निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार