कैलाली : कैलालीको चिसापानीस्थित कर्णाली पुलबाट नदीमा हाम फालेका युवक भेटिएका छैनन्।
होली मनाउँदै कर्णाली पुलमा पुगेका ती युवकसहित १७ जना सोमबार साँझ पालैपालै नदीमा हामफालेका थिए। तीमध्ये १६ युवक नदीबाट निस्किए पनि लम्कीचुहा नगरपालिका–३ का ३० वर्षीय लोकेन्द्र शाही नदीमै हराए। त्यति बेलैदेखि शाहीको खोजी भइरहे पनि उनको अवस्था अझै पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ।
शाहीको खोजीमा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कुलदीप चन्दले बताए। सशस्त्र प्रहरीको गोताखोर टोली पनि आइरहेको उनले बताए। अहिले कर्णाली नदी किनारमा सुरक्षाकर्मीले खोजी गरिरहेका छन्।





