नेपाल र आयरल्यान्ड बीचको खेलमा नेपालले टस जितेर ब्याटिङ रोज्यो

२०८० चैत्र १३, मंगलवार

काठमाडौँ : टी–२० अभ्यास खेल अन्तर्गत नेपाल र आयरल्यान्ड वुल्भ्सबीचको आजको दोस्रो खेल खेलमा नेपालले टस जितेर ब्याटिङ रोजेको छ। नेपाल र आयरल्यान्ड वुल्भ्सबीचको यो खेल दिउँसो १ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ।

सोमबार भएको पहिलो खेलमा सानदार ६ विकेटले जित हात पारेको नेपालले आजको खेलमा पनि त्यसलाई निरन्तरता दिन चाहन्छ। रोहित पौडेलको कप्तानीमा रहेको नेपालले सोमवारको खेलमा आयरल्यान्ड वुल्भ्सलमाथि ६ विकेटको जित हात पारेको थियो।

यो खेल सकिए पछि नेपाल ‘ए’ ले विनोद भण्डारीको कप्तानीमा आयरल्यान्ड वुल्भ्ससँगै ३ टी ट्वान्टी र ३ एकदिवसीय खेल खेल्ने छ। नेपाल ‘ए’ र आयरल्यान्ड वुल्भ्सबीचको तीन वटा खेल २८ मार्चबाट सुरु हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार