विमानस्थलबाट ५० ग्राम सुनसहित एक युवक पक्राउ

२०८० चैत्र १३, मंगलवार

काठमाडौं :  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५० ग्राम सुनसहित एक जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

भन्सार छलेर ल्याएको ५० ग्राम सुनसहित सिरहाको धनगढीमाई नगरपालिका–११ का २३ वर्षीय पुरुषोत्तम शर्मा पक्राउ परेका हुन् । उनको साभबाट ५० ग्राम तौलको सुनको ब्रासलेट बरामद भएको छ । विमानस्थलको अन्तर्राष्ट्रिय आगमन पार्किङ एरियाबाट उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

सुन तस्करहरुले बाह्‍य मुलुकबाट नेपाल आएका यात्रुलाई प्रयोग गरी भन्सार छलेर सुन ल्याउने गरेको पाइएको र बरामद उक्त सुन पनि सोही प्रकृतिको रहेको प्रहरीको दाबी छ । पक्राउ परेका शर्मालाई विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार