पाल्पामा १८ वर्षीया युवती मृत फेला, हत्याको आशंका

२०८० चैत्र १३, मंगलवार

पाल्पा : पाल्पाको रिब्दीकोट गाउँपालिका-१ ख्याहामा स्थानीय १८ वर्षकी पद्‍मा विश्वकर्मा मंगलबार बेलुका मृत अवस्थामा फेला परेकी छन् ।

बिहान ९ बजेतिर नुहाउन गएकी उनी दिउँसोसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा घरदेखि १ किलोमिटर पर कराम्दी भन्ने स्थानमा मृत अवस्थामा भेटिएकाे वडाध्यक्ष चिरञ्जीवि पोखरेलले जानकारी दिए । घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रवक्ता डीएसपी सुगन्ध श्रेष्ठले धारितो हतियार प्रयोग भएको देखिएकाले हत्याको आशंका रहेको बताए ।

घटनाबारे थप अनुसन्धान भइरहेकाे उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार