दाङमा भिरबाट लडेर किशोरीको मृत्यु

२०८० चैत्र १५, बिहीबार

दाङ : दाङमा भिरबाट लडेर एक किशोरीको मृत्यु भएको छ। बबई गाउँपालिका वडा नम्बर ७ मलई खोला जंगलमा घाँस काटेर घर फर्किने क्रममा भिरबाट लडेर १८ वर्षीया करिष्मा घर्तीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता निरीक्षक नवचन्द्र मल्लले जानकारी दिए।

बुधबार बिहान साढे ८ बजेतिर करिस्मा भिरबाट अन्दाजी ६५ मिटर तल खसेकी थिइन्। करिष्मासँगै सोही ठाउँकी सुष्मा पुन पनि घाँस काट्न गएकी थिइन्। तुलसीपुरमा अध्ययनरत घर्ती बिदाको समय घर गएकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार