दुर्गा प्रसाईंले बोक्ने हतियारको विषयमा छानबिन हुने, छानबिन समिति गठन

२०८० चैत्र १६, शुक्रबार

काठमाडौँ : सरकारले दुर्गा प्रसाईंको हतियारको विषयमा छानबिन गर्न समिति गठन गरेको छ। बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले प्रसाईंले प्रयोग गर्दै आएको हतियारको विषयमा छानबिन गर्न गृहमन्त्रालयका सहसचिव राजेन्द्रदेव पाण्डेको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको हो।

यही चैत ५ गते सर्वोच्च अदालत परिसरबाट दुर्गा प्रसाईंका दुईजना बडिगार्ड हतियारसहित पक्राउ परेका थिए। प्रसाईंका बडिगार्ड दीपक खड्का र राजकुमार धिमाल हतियारसहित पक्राउ परेका थिए। उनीहरुबाट प्रहरीले २२ बोर ए३५४७५२को हतियार बरामद गरेको थियो। उक्त हतियार आफूले जिल्ला प्रशासन कार्यालय झापाबाट अनुमति लिएर राखेको दाबी प्रसाईंले गरेका छन्। समितिलाई १५ दिनभित्र प्रतिवेदन पेश गर्ने समयसीमा दिइएको छ।

सहसचिव पाण्डेको संयोजकत्वमा गठित समितिमा गृहमन्त्रालयका उससचिव ऋषि पौडेल, प्रहरी उपरीक्षक सन्तोष भट्टराई र गृहमन्त्रालयका उपसचिव एकदेव अधिकारी छन्। सर्वोच्च अदालतले पनि प्रसाईंको हतियारको इजाजत नवीकरणबारे छानबिन गर्न यही चैत १३ गते सरकारलाई आदेश दिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार