
काठमाडौं : पहिलो टी–२० अभ्यास खेलमा आयरल्यान्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ का आरिफ शेख ४९ रनमा आउट भएका छन् । उनी २६ बलमा ४९ रन बनाएर आउट भए ।
उनी अर्धशतक बनाउन एक रनले मात्र चुकेका छन् । आरिफ र लोकेशले नेपालका लागि सतकीय साझेदारी गरेका छन् । लोकेशले ५२ बलमा सतक पूरा गरेका हुन् । लोकेश ५६ बलमा १०६ रन बनाएर आउट भए ।