टस जितेर नेपाल ‘ए’ले आयरल्यान्ड ‘ए’विरुद्ध फिल्डिङ गर्दै

२०८० चैत्र १७, शनिबार

काठमाडौं : दोस्रो टी–२० शृंखलाअन्तर्गत नेपाल ‘ए’ ले आयरल्यान्ड वल्भ्सविरुद्धको खेलमा टस जितेको छ । टीयू क्रिकेट मैदानमा केही बेरमा सुरु हुने खेलमा नेपाल ए का कप्तान विनोद भण्डारीले टस जितेर पहिलो फिल्ड गर्ने निर्णय गरेका हुन् ।

नेपालले टोलीमा २ परिवर्तन गरेको छ । पवन सर्राफ र विपिन खत्री टोलीमा आउँदा हेमन्त धामी र अर्जुन घर्ती बेन्चमा छन् ।

शुक्रबार पहिलो टी-२० अभ्यास खेलमा नेपाल ‘ए’ आयरल्यान्ड ‘ए सँग २१ रनले पराजित भएको थियो ।

आयरल्यान्ड ‘ए’ ले दिएको २२३ रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ १९ ओभर ३ बलमा २०१ रनमा समेटिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार