नेपालीपन झल्कने गरी विद्यालयको नामाकरण नगरे कारबाही गर्ने महानगरको चेतावनी

२०८० चैत्र २१, बुधबार

 

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामाकरण गर्न आग्रह गरेको छ।

महानगरले आज एक सूचना जारी गर्दै महानगरपालिका अन्तर्गतका सबै संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामाकरण गर्न भनेको हो।

महानगरले सूचना जारी भएको ७ दिन भित्र सम्पर्क गरी मौलिक नामाकरणको प्रक्रिया अगाडी नबढाएमा विद्यार्थी भर्ना प्रक्रियामा रोक लगाउने र कानूनी कारबाहीमा जाने चेतावनी समेत दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार