अख्तियारद्वारा वाइडबडी खरिदमा ३२ जना विरुद्ध भ्रष्टाचार मुद्दा

२०८० चैत्र २२, बिहीबार

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई वटा वाइडबडी जहाज खरिदमा भ्रष्टाचार भएको ठहर गर्दै यसमा संलग्न व्यक्तिहरूका विरुद्धमा बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ। १ अर्ब ४७ करोड १० लाख बिगो माग दाबीसहित मुद्दा दर्ता गरिएको छ। आयोगले दुई वटा वाइडबडी खरिदमा भ्रष्टाचार गरेको ठहर गर्दै उनीहरु विरुद्ध मुद्दा दर्ता गरेको हो।

नेपाल वायुसेवा निगमले दुई वटा वाइडबडी जहाज खरिद गर्न नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषबाट करिब २४ अर्ब रुपैयाँमा ऋण लिएको थियो। यही रकमले ती दुई जहाज खरिद गरिएका थिए।

मुद्दामा तत्कालीन पर्यटनमन्त्री जीवन बहादुर शाही, नेपाल वायु सेवा निगमका पूर्व महाप्रबन्धक सुगत कांसकार, पूर्व पर्यटन सचिव शङ्कर अधिकारी पूर्व सचिव शिशिर ढुङ्गाना, सहसचिव बुद्धि सागर लामिछाने, टेकनाथ आचार्य, निमा नुरु शेर्पा, मुक्तिराम पाण्डे, जीवन सिटौला र अच्युतराज पहाडी लगायत ६ जना बिदेसी नागरिकलाई अख्तियारले प्रतिवादी बनाएको छ।

तत्कालीन पर्यटनमन्त्री शाही दुई पटक कर्णाली प्रदेशसभा सदस्य बनेका थिए। अघिल्लो पटक मुख्यमन्त्री भएका उनी नेपाली कांग्रेसका केन्द्रीय सदस्य पनि हुन। कंसाकार भने अहिले कुनैपनि सार्वजनिक पदमा छैनन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार