७ जिल्लाका प्रहरी प्रमुख फेरिए, को कहाँ ?

२०८० चैत्र २३, शुक्रबार

काठमाडौं : प्रहरी प्रधान कार्यालयले ७ जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी)को सरूवा गरेको छ।

प्रहरी मुख्यालयले निकालेको सूची अनुसार नुवाकोट प्रहरी प्रमुखमा एसपी शान्तिराज कोइरालाई पठाइएको छ। यसअघि नुवाकोटमा प्रहरी प्रमुख एसपी संजय सिंह थापा सुन तस्करी प्रकरणमा तानिएपछि नुवाकोटमा प्रहरी प्रमुखविहीन बनेको थियो। यस्तै बाँकेको प्रहरी प्रमुखमा तुल बहादुर कार्कीलाई पठाइएको छ । यस्तै बारा प्रहरी प्रमुखमा एसपी महेन्द्र खड्कालाई ल्याइएको छ भने रौतहट प्रहरी प्रमुखमा एसपी दिलिप घिमिरेलाई पठाइएको छ।

यसैगरी सर्लाहीको प्रहरी प्रमुखमा एसपी रविन्द्र सिंह, महोत्तरीको प्रहरी प्रमुखमा एसपी नहकुल पोखरेल र धनुषाको प्रहरी प्रमुखमा एसपी भुवनेश्वर तिवारीलाई पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार