ललितपुर : ललितपुर जिल्लाको हात्तिवनस्थित एक कारखानामा शनिबार बिहान आगलागी भएको छ।
आगलागीमा परेर एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीका अनुसार एक जना पुरुष मृत फेला परेका हुन् । जलेको अवस्थामा फेला परेको शवको पहिचान खुल्न सकेको छैन । ‘हामी शवको पहिचान खुलाउने प्रयासमा छौँ,’ एसपी सुवेदीले भने ।ललितपुर महानगरपालिका-२३ स्थित सिक्मा मेटल इन्टेक्समा आगलागी भएको हो।
यसका सञ्चालक कृष्ण लेत्फे र भीम लेत्फे रहेको प्रहरीले जनाएको छ। विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।





