अमेरिकामा भारतीय छात्राको मृत्यु, अनुसन्धान गर्दै प्रहरी

२०८० चैत्र २४, शनिबार

काठमाडौँ : अमेरिकाको ओहायोमा एक भारतीय छात्राको मृत्यु भएको छ।

न्युयोर्कस्थित भारतीय महावाणिज्य दूतावासले भारतीय विद्यार्थी उमा सत्य साईको मृत्यु भएको जानकारी दिएको हो। प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको भारतीय महावाणिज्य दूतावासले जनाएको छ।मृत्युको कारण भने अहिलेसम्म थाहा हुन सकेको छैन।

भारतीय महावाणिज्य दूतावासले सामाजिक सञ्जालमा लेखेको छ, ‘ओहायोको क्लिभल्यान्डमा भारतीय छात्रा उमा सत्य साई गड्डेको मृत्यु अत्यन्तै दुःखद छ। प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको छ। उमाको शव जतिसक्दो चाँडो भारत लान प्रयास गरिरहेको छ।’

अमेरिकामा बसोबासरत भारतीय र भारतीय मूलका विद्यार्थी मृत्युका घटना धेरै भइरहेका छन्।

उमा सत्य साईको मृत्यु अमेरिकामा बसोबास गर्ने भारतीय समुदायलाई स्तब्ध पार्ने पछिल्लो घटना हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार