सहकारी ठगीमा संलग्न बदमासहरूले ठुला कुरा नगरे हुन्छ : नैनसिंह महर

२०८० चैत्र २४, शनिबार

काठमाडौँ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका अधिकांश नेताहरू सहकारी ठगीमा संलग्न रहेकाले संसदीय छानबिन समिति गठन हुन नसकेको बताएका छन्।

नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघ केन्द्रीय परिषद् भेलालाई विराटनगरमा सम्बोधन गर्दै नेता महरले एमाले र रास्वपाका अधिकांश नेता सहकारी ठगी प्रकरणमा मुछिएको र मन्त्रिपरिषद्‌मा पनि विवादित व्यक्तिहरू रहेकाले वर्तमान सरकारबाट सुशासनको कुनै अपेक्षा नरहेको बताए।

‘विवादित व्यक्ति यतिबेला मन्त्रिमण्डलमा छन्। हामीले सडकदेखि सदनसम्म सहकारीमा जम्मा गरेको जनताको रकम दुरुपयोग गर्नेहरूमाथि छानबिनका लागि आवाज उठाइरहेका छौँ । तर, सरकार अटेरी गरिरहेको छ। किनकि सरकारमा प्रधानमन्त्री भन्दा बलिया अपराधिक मानसिकता भएका व्यक्तिहरू छन्। उनीहरूले प्रधानमन्त्रीलाई विभिन्न दवाव र प्रभावमा पारिरहेका छन्,’ महरले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार