रोकिएको ‘कमेडी च्याम्पियन’ को सुटिङ सुरू

२०८० चैत्र २७, मंगलवार

काठमाडौं : ‘कमेडी च्याम्पियन’ को टिम सडक दुर्घटनामा परेपछि रोकिएको शोको प्रसारण यही सातादेखि फेरि सुरू हुँदैछ। निर्माण टिमले मंगलबारदेखि शोको सुटिङ सुरू गरेको छ।

बिहान ११ बजेदेखि शोको सुटिङ सुरू गरिएको निर्देशक विशाल भण्डारीले जानकारी दिए। कागेश्वरी मनोहरास्थित मुलपानीमा रहेको स्टुडियोमा यो लोकप्रिय कमेडी शोको छायांकन हुने गरेको छ।

दुई साताअघि च्याम्पियनको टिम सडक दुर्घटनामा परेपछि शोको प्रसारण रोकिन पुगेको थियो। ‘कमेडी च्याम्पियन’ बिहीबार र शुक्रबार प्रसारणमा आउने गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार