अमेरिकामा पत्नी हत्यापछि फरार पटेलबारे सूचना दिनेलाई २५ हजार डलर पुरस्कार

२०८१ बैशाख २, आईतवार

काठमाडौँ : संयुक्त राज्य अमेरिकाको संघीय अनुसन्धान ब्युरो (एफबीआई) ले भारतीय मूलका भद्रेश पटेललाई पक्राउ गर्न सहयोग गर्नेलाई २५ हजार अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको छ।

एफबीआईले सार्वजनिक गरेको भिडिओमा भद्रेश पटेललाई आफ्नी श्रीमतीको हत्या गरेको आरोप लगाइएको छ। बीबीसी हिन्दीले दिएको खबरअनुसार एफबीआईले सन् २०१७ देखि भद्रेश कुमारको खोजी गरिरहेको छ र उनलाई ‘मोस्ट वान्टेड’को सूचीमा राखेको छ। एफबीआईले जारी गरेको भिडिओ अनुसार अप्रिल २०१५ मा भद्रेश पटेल र उनकी श्रीमती पलकले डन्किन डोनट्समा नाइट सिफ्ट गरेका थिए।

त्यस क्रममा पटेलले आफ्नी श्रीमती पलकको हत्या गरेको आरोप छ। उक्त घटनापछि भद्रेश कुमार फरार छन् र एफबीआई उनको खोजीमा जुटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार