
काठमाडौँ : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले सहकारी पीडितको पक्षमा दृढतापूर्वक उभिएर आवाज उठाइरहने बताएका छन् ।
कांग्रेस संसदीय दलको आइतबार बिहान बसेको बैठकमा बोल्दै सभापति देउवाले सहकारी ठगि जस्तो गम्भीर विषयको यथार्थ बाहिर ल्याउन माग गरिएकोमा सरकारले यसलाई छल्ने उद्देश्यले संसद बन्द गरेको आरोप लगाएका छन् । उनले यसबाट सरकार सहकारी पीडितको पक्षमा नरहेको पुष्टि भएको बताउँदै गैरजिम्मेवाररुपमा प्रस्तुत भएको बताएका छन् ।
उनले लाखौँ सहकारी पीडितको अर्बौँ बचत हिनामिना गरिएको बताउँदै कांग्रेस पीडितको पक्षमा, सुशासनको पक्षमा दृढतापूर्वक उभिने बताएका थिए ।