धादिङ ट्रक दुर्घटना अपडेट : एकै परिवारका दुईको मृत्यु, ७ जना घाईते

२०८१ बैशाख २, आईतवार

धादिङ : धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ५ पिमलखोला नजिक घट्टेखोलामा गोठेमल बोकेको आईचर ट्रक आइतबार बिहान दुर्घटना हुदा दुईजनाको मृत्यु भएको छ भने ७ जना घाईते भएका छन्।

घरबाट मल उठाएर खेतमा लान लागेको बा ३ ख ८९४७ नम्बरको आईचार ट्रक साँघुरो कच्ची घुम्ती सडकबाट १५० मिटर तल पिमलखोलामा पुगेर दुर्घटना भएको जिल्ला प्रहरी कायालयका सुचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक महेन्द्र कुमार मिश्रले जानकारी दिए। स्थानीय ३७ वर्षीय गोपी भन्ने राम रमतेलको घरको मल बोकेर खेतमा लानेक्रममा ओरालो बाटोमा ब्रेक फेल भएर दुर्घटना भएको स्थानीयबासीले बताएका छन्। दुर्घटनामा राम रमतेल, उनका छोरा ११ वर्षीय शन्तोष रमतेलको मृत्यु भएको छ । बाबुको उपचारको क्रममा र छोराको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

रमतेल परिवारका जेठो छोरा १५ वर्षीयकृष्ण रमतेल, माइला छोरा १२ वर्षीय सुजन रमतेल समेत घाइते भएपछि घरमा ढोका लागेको छ। दुर्घटनामा ११ वर्षीय विमल मजकोटी, १२ वर्षीय प्रितम रमतेल, १२ वर्षीय सुजन रमतेल, १७ वर्षीय सुजित मजकोटी र ४० वर्षीय सवारी धनी तथा चालक विष्णु सिर्मल समेत गम्भीर घाईते भएकोले ६ जनालाई थप उपचारका लागि ट्रमा सेन्टर भर्ना गरिएको छ। परिवारका सबै मल लान लाग्दा गाउका केही बालकहरु समेत सवारी साधनमा चढेका थिए। ट्रकमा भएका सबै घाइते भएका हुन् ।

गाडी ब्रेक फेल भएपछि स्टेरिङ समेत मोड्न नसक्दा सिधै खोलामा खसेको थियो । दुर्घटनापछि स्थानीय बासी, नेपाल प्रहरी, स्वयंसेवकले उद्धार गरि धादिङ अस्पतालमा उपचारका लागि पठाईएको उद्धारमा सम्लग्न रेडक्रकर्मी नेमबहादुर श्रेष्ठले बताए। घाइतेहरुको धादिङ अस्पतालमा सामान्य उपचार पछि हेलिकप्टरबाट थप उपचारका लागि काठमाडौं ट्रमा सेन्टर लाने पठाईएको छ ।

दुर्घटनापछि पतेनी गाउँ पुरै शोकमा डुबेको छ । उपचारमा लाने मानिस नरहनेगरि एक घरमा बज्रपात परेको र सबै घाइते गरिव परिवारका व्यक्ति हरु रहेकोले राज्यले सघाउनुपर्ने सामाजिक अभियानता श्याम मगरातीको भनाई छ । दुबै सबको आइतबार धादिङ अस्पतालमा पोष्टमार्म गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार