रामचरणले पाए डाक्टरको उपाधि

२०८१ बैशाख ३, सोमबार

काठमाडौं : दक्षिण भारतीय अभिनेता रामचरणले चेन्नईको भेल्स युनिभर्सिटीबाट मानार्थ डाक्टरको उपाधि पाएका छन्। शानिबार सामाजिक सञ्जालमा एक तस्बिर सार्वजनिक गर्दै उनले उक्त जानकारी दिएका हुन्। रामचरण यस दीक्षान्त समारोहका मुख्य अतिथि थिए। भेल्स युनिभर्सिटीले रामलाई यो सम्मान फिल्म क्षेत्रमा उनको योगदानलाई मध्यनजर गर्दै दिएको हो।

‘भेल्स युनिभर्सिटीबाट मानार्थ डाक्टरको उपाधि पाएर एकदमै खुशी छु। मेरो यो यात्रामा सहभागी हुने चेन्नईका मान्छे र अन्य सबैप्रति आभारी छु। केही सपना पुरा गर्न बाँकी छ,’ उनले तस्बिर सेयर गर्दै लेखेका छन्।

यस समारोहमा रामचरणकी श्रीमती उपासना कामिनेनी पनि सहभागी थिइन्। रामचरण आगामी फिल्म ‘गेम चेन्जर’ मा देखिनेछन्। १७० करोड बजेटमा बन्ने फिल्मलाई शंकरले निर्देशन गर्नेछन्। फिल्ममा रामचरणसँगै कियारा आडवानी, अन्जली, एसजे सूर्या, जयरामलगायत कलाकारको अभिनय रहनेछ। रामचरणले सन् २००७ मा फिल्म ‘चिरूथा’ बाट डेब्यू गरेका थिए। उनले ‘मगधीरा, येवाडु, ध्रव, आरआरआर’ जस्ता चर्चित फिल्ममा काम गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार