छोरीको हत्या आरोपमा बुबा पक्राउ

२०८१ बैशाख ७, शुक्रबार

बुटवल : रुपन्देहीमा आफ्नै छोरीलाई हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपन्देहीको कञ्चन गाउँपालिका–५ बर्गदवाका नारायणबहादुर जिसी छन्।

प्रहरीले उनलाई आफ्नै १७ वर्षीया अन्जली जिसीलाई रड प्रहार गरी हत्या गरेको आरोप लगाएको छ। बुटवलको ईटाभट्टी लाइनमा रहेको मालिका होटल एन्ड लजमा बुधबार रडले हानेर छोरीको हत्या गरी शवलाई होेटलको कोठामै सिरकले छोपेर नारायण भागेका थिए। प्रहरीले खोजतलासका क्रममा बिहीबार दिउँसो कञ्चन ४, थकालीचोकबाट नारायणलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मनोहर भट्टले बताए। अञ्जली कञ्चनकै हरैया माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्यनरत थिइन्।

अञ्जली बुधबार दिउँसो साथीलाई भेट्न भनेर घरबाट हिँडेकी थिइन्। छोरीलाई खोज्दै बुटवल आइपुगेका उनले बुटवलमा भेटेर घर जान आग्रह गर्दा नमानेपछि रिसको झोंकमा रड प्रहार गर्दा मृत्यु हुन गएको बयान दिएका डीएसपी भट्टले बताए। घटनापछि अन्जलीकी आमाले आफ्ना पति नारायणविरुद्ध किटानी जाहेरी दिएकाले अदालतबाट म्याद थप गरी थप अनुसन्धान शुरु भएको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार