९ महिनामै भित्रिए ७ हजार बढी विद्युतीय गाडी

२०८१ बैशाख ९, आईतवार

काठमाडौँ : ९ महिनामै ७ हजार बढी विद्युतीय गाडी भित्रिएका छन्। साउनदेखि चैतसम्म बढी आयात भई रेकर्ड कायम राखेको छ।

भन्सार विभागको तथ्यांकअनुसार ५० किलोवाटसम्मका २९ सय २ वटा भित्रिएका छन्। ५१ देखि १०० किलोवाटसम्मका ४ हजार ७७ वटा भित्रिएका छन् भने १०१ देखि २०० किलोवाटसम्मको ९१ वटा र २०१ माथि किलोवाट भएका २१ वटा आएका छन्।

९ महिनामा १७ अर्ब ४९ करोड रुपैयाँका विद्युतीय निजी गाडी भित्रिएका छन्। सार्वजनिक यातायातको रुपमा प्रयोग हुने विद्युतीय माइक्रो ६९२ वटा आयात भएका छन्। जसमा ११ देखि १४ सिटे बढी भित्रिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार