विराटनगर : कोशी प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।
प्रदेशसभाको सचिवालय हलमा आज आयोजित समारोहमा कोशी प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्टले नेपालको संविधानको धारा १९५ को उपधारा १ बमोजिम सचिव पराजुलीलाई शपथ गराएका हुन् ।
प्रदेशसभा सचिवका रुपमा उनको पाँच वर्षे पदावधी २०८१ वैशाख ८ गते पूरा भएकामा उनलाई प्रदेश प्रमुख पराशुराम खापुङले सो पदमा पुनः नियुक्त गरेका थिए । पराजुली वि.सं २०७६ साल वैशाख ९ गते कोशी प्रदेशसभाको सचिव पदमा नियुक्त भएका थिए ।





