सरकारले नेपाल आउँदा कतारका राजालाई यी २ हात्ती उपहार दिने

२०८१ बैशाख १०, सोमबार

भरतपुर( चितवन) : नेपाल भ्रमणका क्रममा कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीलाई सरकारले २ हात्ती उपहार दिने तयारी गरेको छ।

नेपालको २ दिने राजकीय भ्रमणका क्रममा कतारी अमिर थानी मंगलबार काठमाडौं आउँदै छन्।

उनलाई सरकारले चितवन राष्ट्रिय निकुञ्जको सौराहा सेक्टर कार्यालयको हात्तीसारमा रहेकी पोथी छावा ‘रुद्रकली’ र निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसरमा रहेको भाले छावा ‘खगेन्द्रप्रसाद’ उपहार दिने तयारी गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
1
+1
1
+1
0
+1
0

ताजा समाचार