‘नारायण रायमाझी सांगीतिक साँझ’ को भिडियो ….

२०८१ बैशाख १२, बुधबार

काठमाडौं : संगीतकार, गायक एवं फिल्म निर्देशक नारायण रायमाझीको सांगीतिक साँझको भिडिओ सार्वजनिक गरिएको छ।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको आयोजनामा गत भदौमा नेपाल प्रज्ञा प्रतिष्ठानमा रायमाझीको एकल सांगीतिक साँझ भएको थियो। त्यसको ८ महिनापछि मंगलबार रायमाझीको जन्मदिनको अवसर पारेर दोहोरीगीत प्रतिष्ठानले सांगीतिक साँझको भिडिओ उपहारस्वरूप उनलाई प्रदान गरेको हो।

सांगीतिक साँझमा ‘हाँसेर बोलीदेउ माया’, ‘पसिनाले पैसा साटेर’, ‘माया पैंचो नदेउ साइँली’, ‘राम्दी पुल तर्ने बित्तिकै’, ‘नमुछे आमा’, ‘उनको प्रीति’ लगायतका गीतहरू प्रस्तुत गरिएको थियो। रायमाझीलाई अन्य गायक/गायिकाहरूले गायनमा साथ दिएका थिए।

युट्युबमा सार्वजनिक भिडिओ २ घण्टा २३ मिनेटको छ। सांगीतिक साँझमा प्रत्येक्ष उपस्थित हुन नसकेका दर्शकलाई लक्षित गरेर भिडिओ ल्याइएको दोहोरीगीत प्रतिष्ठानले जनाएको छ।

०४२ सालदेखि सांगीतिक क्षेत्रमा सक्रिय रायमाझी फिल्म निर्देशकका रूपमा समेत सफल मानिन्छन्। उनको निर्देशनमा बनेका सबै फिल्महरू ‘गोर्खा पल्टन’, ‘परदेशी’ र ‘परदेशी २’ ले राम्रो व्यापार गरेका छन्। जसमध्ये ‘परदेशी २’ गतवर्ष प्रदर्शनमा आएको फिल्म हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार