बझाङ–१ मा मतगणना भोलि

२०८१ बैशाख १५, शनिबार

काठमाडौं : बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं १ मा शनिबार भएको उपनिर्वाचनमा करिब आधा मतदाताले मतदान गरेका छन् ।

अपरान्ह ५ बजे सकिएको मतदानमा ३० हजार ३०० भन्दा बढीले मतदान गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । केही मतदान केन्द्रबाट विवरण नआएकाले यकिन संख्या पत्ता लागेको छैन । यद्यपि प्रारम्भिक विवरणमा ४९.१२ प्रतिशतले मतदान गरेको विवरण आएको कार्यालय स्रोतको भनाइ छ ।

यहाँ आइतबार मात्र मतगणना गर्ने तयारी छ । विकट क्षेत्रमा रहेको सैपाल गाउँपालिकाको मतपेटिका आइतबार हेलिकप्टरबाट ल्याइनेछ । तयसपछि मात्र मतगणना हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार