
काठमाडौँ : वेस्ट इन्डिज ‘ए’ सँगको दोस्रो टि–२० खेलमा नेपाल १० रनले पराजित भएको छ। जितका लागि १६१ रनको लक्ष्य पछाएको नेपालले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाएर १५० रन मात्र बनाउन सक्यो।
नेपालका लागि कप्तान रोहित पौडेलले ४८ बलमा २ छक्का र ६ चौकाको मद्दतमा सर्वाधिक ७१ रनमा नट आउट रहे। नेपालका लोकेश बम १७, कुशल भुर्तेल २, गुल्सन झा २६, दीपेन्द्रसिंह ऐरी ३, आरिफ शेख १२, सोमपाल कामी ३, अनिलकुमार शाह एक र कुशल मल्ल शून्य रनमा आउट भए।