इलाम २ मा खड्काको अग्रता कायमै, मतान्तर घटाउँदै सुहाङ

२०८१ बैशाख १६, आईतवार

इलाम : फाकफोकथुम गाउँपालिका वडा नम्बर १ र २ को गणना हुँदा कांग्रेस ८२ मतले अघि लागेको छ । १ र २ मा २ हजार ८३९ मत खसेकोमा कांग्रेसका डम्बर खड्काले १ हजार १४५ मत प्राप्त गरेका छन् । यस्तै दोस्रो स्थानमा रहेका एमालेका सुहाङ नेम्वाङले१ हजार ६३ मत पाएका छन् ।

तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमको ३११ मत छ भने रास्वपा उम्मेदवार मिलन लिम्बू २०९ मत पाएर चौथो स्थानमा छन् । एक लाख १५ हजार ८८९ मतदाता रहेको इलाम-२ मा ६९ हजार ४२१ मतदाताले मतदान गरेका छन् । इलाम क्षेत्र नम्बर २ मा इलाम नगरपालिका, देउमाई नगरपालिका, माङ्सेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका, चुलाचुली गाउँपालिका र माई नगरपालिकाको ६, ७, ८ नम्बर वडा पर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार