वैशाख १९ देखि चीनले नेपालीलाई भिसा शुल्क नलिने

२०८१ बैशाख १७, सोमबार

काठामाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिसा शुल्क नलिने भएको छ। आगामी वैशाख १९ (मे १ तारिख २०२४) देखि नेपालीलाई साधारणतर्फ भिसा शुल्क नलाग्ने चिनियाँ राजदूतावासले जनाएको छ। नेपालले सन् २०१६ देखि नै चिनियाँ नागरिकलाई निःशुल्क भिसा दिँदै आइरहेको छ।

उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले गत चैत महिनामा गरेको चीन भ्रमणका क्रममा नेपाली नागरिकलाई भिसा शुल्क नलिने विषयमा दुई देशबीच सहमति भएको थियो। काठामाडौँस्थित चिनियाँ दूतावासले एक सूचना जारी गरी नेपाली नागरिकबाट चिनियाँ भिसा शुल्क नलिने जनाएको छ। ‘नेपाल र चीनबीचको मित्रता प्रवर्द्धन गर्न र कर्मचारी आदानप्रदानलाई थप सहज बनाउन दूतावासले भिसा शुल्क नलिने’ विज्ञप्तिमा भनिएको छ।

एक्सप्रेस शुल्क र सेवा भने साबिकबमोजिम नै कायम रहने विज्ञप्तिमा उल्लेख छ। नेपालमा पछिल्लो समय चिनियाँ पर्यटक बढिरहेका छन्। नेपाली नागरिक पनि उल्लेख्य सङ्ख्यामा चीन गइरहेका छन्। चीनसँगको प्रमुख सीमानाका खुलेको र नेपालमा चिनियाँ एयरलाइन्सले पूर्ण क्षमतामा उडान गरिरहेकाले पछिल्लो समय चिनियाँ पर्यटक बढेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार