कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पोखराबाट पक्राउ

२०८१ बैशाख १७, सोमबार

पोखरा : १२ कक्षाको प्रश्न पत्र आउट गरेको आरोपमा दुईजना पोखराबाट पक्राउ परेका छन् ।

पोखरा ११ फूलबारीस्थित शिवशक्ति माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको कक्षा १२ को सामाजिक शिक्षा विषयको प्रश्नपत्र विद्युतीय माध्यमबाट आउट गरेको आरोपमा सोमबार उनीहरूलाई नियन्त्रणमा लिएको हो ।आइतबारको प्रश्न पत्र आउट गरेको उजुरी प्रदेश प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय रामबजारमा परेको थियो । पोखरा ११ फूलबारी बस्ने ३९ वर्षका नारायण बास्तोला र सोही ठाउँका ३७ वर्षीय रामचन्द्र बास्तोलालाई पक्राउ गरिएको कास्की प्रहरीका प्रवक्ता डिएसपी वसन्त कुमार शर्माले जानकारी दिए ।

उनीहरूको साथबाट कक्षा १२ को थप उत्तर पुस्तिका ८ थान पनि बरामद गरिएको शर्माले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार