काठमाडौं : टी २० विश्वकप २०२४ का लागि भारतले रोहित शर्माको कप्तानीमा टिम घोषणा गरेको छ ।
टिममा युवा ओपनर यशस्वी जैसवालले पहिलो पटक विश्वकपको टिममा स्थान बनाएका छन् । विकेटकिपर ऋषभ पन्तको टिममा पुनरागन भएको छ । सञ्जु सामसनले केएल राहुललाई प्रतिस्थापन गरेका छन् । यस पटक युवा ओपनर शुभमन गिलको स्थानमा अर्का युवा ब्याटर यशस्वी जैसवालले खेल्ने मौका पाएका हुन् ।
भारतीय टोली : रोहित शर्मा (कप्तान), यशस्वी जैसवाल, विराट कोहली, सूर्यकुमार यादव, ऋषभ पन्त (विकेटकिपर), सञ्जु सैमसन (विकेटकिपर), हार्दिक पाण्डेय (उपकप्तान), शिवम दुबे, रवीन्द्र जडेजा, अक्षर पटेल, कुलदीप यादव, युजवेन्द्र चहल, अर्शदीप सिंह , जसप्रित बुमराह, मोहम्मद सिराज ।
वैकल्पिक खेलाडी : शुभमन गिल, रिंकु सिंह, खलील अहमद र आवेश खान ।