विश्वविद्यालय भित्र प्रदर्शन गरिरहेका झन्डै ३ सय विद्यार्थी पक्राउ

२०८१ बैशाख २०, बिहीबार

काठमाडौँ : अमेरिकाको कोलम्बिया यूनिभर्सिटी र द सिटी यूनिभर्सिटी अफ न्यूयोर्कका झन्डै ३ सय विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। युनिभर्सिटी भित्र छात्रछात्राहरूले गाजाको समर्थनमा प्रदर्शन गरेका कारण उनीहरूलाई नियन्त्रणमा लिइएको बीबीसीले जनाएको छ।

न्यूयोर्कका मेयर एरिक एडम्सले शान्तिपूर्ण आन्दोलनको नाममा यूनिभर्सिटी भित्र तोडफोड गरेका कारण विद्यार्थीहरूलाई नियन्त्रणमा लिइएको बताए। विगत केही दिनदेखि अमेरिकाको विभिन्न विश्वविद्यालय र सहरहरूमा प्यालेस्टाइनको समर्थनमा प्रदर्शन हुँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार