सागरलाई लगातार विकेट, नेपाललाई तेस्रो सफलता

२०८१ बैशाख २२, शनिबार

काठमाडौँ : मैत्रीपूर्ण टी–२० शृङ्खला अन्तर्गत अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालले तेस्रो सफलता हात पारेको छ । सागर ढकालले नै आफ्नो तेस्रो विकेटका रुपमा ११ रन बनाएका मार्क दयाललाई आउट गरेका हुन् ।

खेलमा वेस्ट इन्डिजले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । टोलीले ७.४ ओभरमा ३ विकेटको क्षतिमा ६१ रन बनाएको छ ।

वेस्ट इन्डिजले ३–१ ले शृङ्खला आफ्नो पक्षमा पारिसकेको छ । पहिलो खेल नेपालले ४ विकेटले जितेको थियो । त्यसपछि भने नेपालले लगातार तीन खेल गुमाउन पुग्यो ।

दोस्रो खेलमा १० रनले हारेको नेपालमा तेस्रो खेल ७६ रनले पराजित भयो । चौथो खेलमा घरेलु टोली २८ रनले स्तब्ध बन्न पुग्यो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार