युक्रेनी राष्ट्रपति जेलेन्स्की रुसको ‘वान्टेड’ सूचीमा

२०८१ बैशाख २३, आईतवार

एजेन्सी : रुसले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई अपराधीहरूको ‘वान्टेड’ सूचीमा समावेश गरेको छ । कथित अपराधीहरूको एक अनलाइन डेटाबेसमा जेलेन्स्कीलाई रुसी गृह मन्त्रालयको ‘वाञ्छित’ सूचीमा देखाइएको छ । यसमा थप विवरण नखुलाई युक्रेनी नेता ‘आपराधिक संहिताको धाराअन्तर्गत’ वाञ्छित रहेको उल्लेख छ ।

जेलेन्स्कीलाई वान्टेड सूचीमा किन समावेश गरियो भन्नेबारेमा रुसी अधिकारीहरूबाट तत्काल कुनै टिप्पणी आएको छैन । सन् २०२२ फेब्रुअरीमा आफ्नो सैन्य आक्रमणको सुरुआतपछि मस्कोले जेलेन्स्कीलाई निशाना बनाएको छ ।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले गत वर्ष आफूविरुद्ध हत्याका कम्तीमा ‘पाँच वा छ’ प्रयास असफल भएको थाहा भएको बताएका छन् । युक्रेनमा सेना पठाउनुभन्दा अघिल्लो दिन रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले राष्ट्रका नाममा गरेको सम्बोधनमा युक्रेनी सेनासँग जेलेन्स्कीलाई पराजित गर्न आह्वान गरेका थिए । रुसले धेरै विदेशी राजनेता र सार्वजनिक हस्तीहरूलाई आफ्नो वान्टेड सूचीमा राखेको छ ।

गत वर्ष अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) ले युक्रेनी बालबालिकाको अपहरणसँग सम्बन्धित युद्ध अपराधको आरोपमा पुटिनलाई पक्राउ गर्न आदेश दिएको थियो । उक्त आरोपलाई मस्कोले अस्वीकार गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार