त्रिविका प्राध्यापक रिजालको कीर्तिपुर बस दुर्घटनामा मृत्यु

२०८१ बैशाख २३, आईतवार

काठमाडौं : कीर्तिपुरमा भएको बस दुर्घटनामा मुत्यु हुने व्यक्ति त्रिभुवन विश्वद्यिालय (त्रिवि)का प्राध्यापक रहेको खुलेको छ ।

मृत्यु हुनेमा ठेगाना ४२ वर्षीय प्रा.डा.गोविन्द रिजाल छन् । उनी त्रिभुवन विश्वविद्यालय कृषि अध्ययन संस्थाका आंशिक प्राध्यापक रहेको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपाखेरीका एसएसपी दीनेशराज मैनालीले बताए । त्यसैगरी घाइते हुनेहरुमा बैतडी घर भई कीर्तिपुर बस्दै आएका २४ वर्षीय डम्बर पन्त, २४ वर्षकै बमिला श्रेष्ठ र बसका चालक २७ वर्षीय रमेश धमला छन् ।

पन्तको दाहिने हातमा चोट लागेको छ । श्रेष्ठको टाउको, अनुहारमा चोट लागेको छ । चालक लामाको खुट्टामा चोट लागेको छ । पन्त र श्रेष्ठको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ भने लामाको ट्रमा सेन्टमा उपचार भइरहेको एसएसपी दिनेशराज मैनालीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार