![](https://hamrodes.com/wp-content/uploads/2023/06/Upendra-Yadav-1.jpg)
काठमाडौं : जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले अब पार्टी फुट्ने पालो नेकपा माओवादी केन्द्रको भएको बताएका छन् ।
रफत सञ्चार क्लबले शुक्रवार भक्तपुरमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै यादवले माओवादीले नै आफ्नो पार्टी फुटाएको आरोप लगाउँदै अव फुटको सिकार माओवादी नै हुने बताएका हुन् । पार्टी फुटाउने नेताहरूलाई मागे जति दिएर पनि सन्तुष्ट बनाउन नसकेको टिप्पणी गर्दै उनले उनीहरूको गन्तव्य माओवादी र एमाले नै भएको जिकिर गरे । पार्टी फुटाएको विषयलाई लिएर सर्वोच्चमा न्यायका लागि जाने उनको भनाइ छ ।