मुक्तिनाथ कृषि कम्पनी नाफामा, ११०%ले बढ्यो आम्दानी

२०८१ बैशाख ३०, आईतवार

काठमाडौं : मुक्तिनाथ कृषि कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिसम्म २ करोड १२ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले २ करोड ९९ लाख रुपैयाँ घाटा व्यहोरेको थियो। समीक्षा अवधिसम्म ३७ करोड ६१ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीको सञ्चालन आम्दानी १७ करोड ८५ लाख रुपैयाँ थियो। सञ्चालन आम्दानी ११०.६३ प्रतिशतले बढेको छ।

चुक्तापुँजी ७० करोड रुपैयाँ रहेको कम्पनीको अन्य इक्विटी ४ करोड ३७ लाख रुपैयाँले ऋणात्मक रहेको थियो। अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म कम्पनीको अन्य इक्विटी ६ करोड ६ लाख रुपैयाँले ऋणात्मक थियो।

कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) ४.०५ रुपैयाँ र प्रतिशेयर नेटवर्थ ९३.७५ रुपैयाँ रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार