जीबी राईलाई भगाएको हल्ला बेतुकका कुरा हुन् : प्रधानमन्त्री

२०८१ बैशाख ३०, आईतवार

चितवन : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जीबी राईलाई सरकारले नै भगाएको भन्ने हल्ला वाहियात रहेको टिप्पणी गरेका छन्।

आइतबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले पासपोर्टको सामान्य समस्या भएको र त्यसको समाधानको प्रयास भइरहेको जिकिर गरे। सञ्चारकर्मीले प्रचण्डलाई गृहमन्त्रीले त अघिल्लो सरकारले भगाएको भन्ने भन्नभुएको छ नि? भन्ने प्रश्न गरेका थिए। जवाफमा प्रधानमन्त्री प्रचण्डले भनेका छन्, ‘वाहियात कुरा हो। त्यस्तो तर्क कसैले पनि गर्न हुँदैन।’

उनले अघि थपे, ‘जीबी राईलाई ल्याउनुपर्छ भन्ने कुरामा सरकार प्रष्ट छ। त्यो पासपोर्टको इस्युले गर्दा अलिकति समस्या मात्रै भएको हो। त्यसलाई हल गर्न खोजिँदैछ।’ उनले सरकार वा प्रधानमन्त्रीले राईलाई भगाएको कुरा बेतुकको भएको तर्क गरे। ‘अघिल्लो सरकारले, प्रधानमन्त्रीले, अघिल्लो गृहमन्त्रीले भगायो भन्ने बेतुकका कुरा मात्रै हुन्,’ प्रधानमन्त्री प्रचण्डले भने।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार