बाफल आगलागी घटनामा थप एक जनाको मृत्यु

२०८१ बैशाख ३१, सोमबार

ललितपुर : ललितपुरको बाफलमा आगलागीमा परी घाइते भएका थप एक जनाको मृत्यु भएको छ। वैशाख २३ गते ललितपुर महानगरपालिका वडा नम्बर १७ बाफलस्थित टिनले छाएको एउटा घरमा आगलागी हुँदा एकै परिवारका पाँच जना घाइते भएका थिए।

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीका अनुसार घाइते भएकी रूपा गिरीको सोमबार बिहान २: ३५ बजे किष्ट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

योसँगै मृत्यु हुनेको संख्या तीन पुगेको छ। रूपाका श्रीमान ३५ वर्षीय सञ्जयको पनि किष्ट अस्पतालमै उपचार भइरहेको छ। उनी पनि भेन्टिलेटरमा रहेको र अवस्था गम्भीर रहेको एसपी सवेदीले बताए।

दुई जना छोरीहरू ८ वर्षीया अलिसा र ४ वर्षीया प्रियाको पनि उपचारकै क्रममा वैशाख २४ गते मृत्यु भएको थियो। भतिज नाता पर्ने नित गिरी भने सामान्य घाइते छन्। मोबिल खन्याइरहँदा लाइटर बालेपछि आगलागी भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार