समाजवादीलाई धराशायी पार्न खोज्नेहरूले पार्टी फुटेको हल्ला चलाए: अध्यक्ष नेपाल

२०८१ जेष्ठ १, मंगलवार

काठमाडौँ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीभित्र भ्रष्ट प्रवृत्ति देखिएको बताएका छन्। मङ्गलवार पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टीभित्र भ्रष्ट प्रवृत्ति देखिएको बताएका हुन्।

उनले पार्टीभित्र भ्रष्टिकरण र पदलोलुपताको प्रवृत्ति खतरनाक रुपमा देखा परेको भन्दै यस्तो अवस्था रहेमा आफूहरूलाई कसैले विश्वास नगर्ने बताए। उनले आफूहरूले राजनीतिको भ्रष्टिकरणका विरुद्धमा स्पष्ट अडान र तदनुरुपको गतिविधिहरू सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको बताए।

अध्यक्ष नेपालले आफूहरूको पार्टी फुट्ने हल्ला चलाइएको भन्दै यसप्रति सचेत हुनुपर्ने बताए। पार्टीभित्रको असन्तुष्टिहरू छलफल गरेर टुंगो लगाउन सकिने उनको भनाई छ। उनले एकीकृत समाजवादीलाई धराशायी पार्न खोज्नेहरूले त्यस्तो हल्ला चलाएका बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार