स्लोभाकियाका प्रधानमन्त्रीमाथि गोली प्रहार, अवस्था गम्भीर

२०८१ जेष्ठ ३, बिहीबार

काठमाडौँ : स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि गोली प्रहार गरिएको छ। बीबीसीका अनुसार प्रधानमन्त्री फिको आफ्नो गाडीमा बस्न जाने बेलामा उनीमाथि गोली प्रहार गरिएको हो।

स्थानीय सञ्चार माध्यमहरूका अनुसार उनी हिँडेर गाडीतर्फ बढ्दै गर्दा जम्मा भएको भिडबाट गोली चलाइएको छ। गोली लागेर गम्भीर घाइते भएका प्रधानमन्त्री फिकोलाई तत्काल उनका सुरक्षार्कीले अस्पताल पुर्याएका छन्।

प्रहरीले घटनालगतै केही व्यक्तिलाई पक्राउ समेत गरेको छ। उनीमाथि गोली प्रहार गर्नुको कारणबारे भने हालसम्म खुलाइएको छैन। घटनबारे थप जानकारी आउन बाँकी रहेको छ। मध्य युरोपीय ल्यान्डलक्ड मुलुक स्लोभाकियामा पहिलोपटक यस्तो घटना भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार