वर्षाले खेल रद्द हुँदा हैदराबाद आईपीएलको प्लेअफमा

२०८१ जेष्ठ ४, शुक्रबार

काठमाडौँ : इन्डियन प्रिमियर लिग आईपीएलमा सनराइजर्स हैदरावाद र गुजरात टाइटन्सबीचको खेल रद्द भएको छ । हैदरावादमा बिहिबारसाँझदेखि रातिसम्मै पानी परेपछि दुवै टिमले अङ्क बाँडेका हुन् । यससँगै हैदरावाद प्लेअफमा पुग्ने तेस्रो टिम बनेको छ ।

अब टोलीले मे १९ मा हुने खेलमा पञ्जाबलाई हराएर १७ अङ्क मात्र पुर्याउन सक्छ । अर्कोतर्फ, गुजरातको लगातार दोस्रो खेल वर्षाका कारण रद्द भएको छ । गुजरातले १४ खेलपछि १२ अङ्क मात्र जोड्न सकेको छ । यसअघि कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्सले प्लेअफमा स्थान पक्का गरेका थिए ।

आइपीएलमा आज मुम्बई इन्डियन्स र लखनऊ सुपर जायन्ट्स भिड्ने छन् । यो खेल राति पौने ८ बजे सुरु हुनेछ ।

मुम्बई पुछारमा रहँदै यो सिजन बाहिरिसकेको छ भने लखनऊ १२ अङ्कका साथ तालिकाको सातौँ स्थानमा रहे पनि प्लेअफको एकदमै झिनो आशामा बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार