काठमाडौँ : सोमबार छापावाल सुनको मूल्य ९ सय रूपैयाँले बढेको छ । आइतबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ९ सय रुपैयाँ कायम भएकोमा आज ९ सय रूपैयाँले बढेर १ लाख ४१ हजार ८ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार ५० रुपैयाँ कायम भएको छ ।
आज चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँ बढेर प्रतितोला १ हजार ९ सय ४० रूपैयाँ कायम भएको छ ।





