काठमाडौं : सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुरज पौडेलले सोमबार बिहान साढे १०ः२० बजे सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।
सशस्त्र प्रहरीका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार, सशस्त्र प्रहरीबाट पहिलो पटक पौडेलले सगरमाथा आरोहण गरेका हुन् । उनी शेर्पा एक्स्ट्रिम प्रा.लि.मार्फत ३० चैतमा सगरमाथा आरोहणका लागि प्रस्थान गरेका थिए ।
पौडेल सि. सं. ९ ब्याचका अधिकृत हुन् । उनी पहिलो प्रयासमा नै सगरमाथाको आरोहण गर्न सफल भएको सशस्त्र प्रहरीले जनाएको छ ।





