प्रियंकाले भारतमा दादासाहेब फाल्के फिल्म अवार्ड थाप्ने

२०८१ जेष्ठ ९, बुधबार

काठमाडौं : अभिनेत्री प्रियंका कार्कीले भारतको प्रतिष्ठित दादासाहेब फाल्के फिल्म अवार्ड प्राप्त गरेकी छन् । दादासाहेब फाल्के फिल्म फाउन्डेसनले आयोजना गर्ने अवार्ड आउँदो ३० मेमा मुम्बइमा हुँदैछ ।

फाउन्डसले गत १९ मेममा प्रियंकालाई पत्राचार गर्दै उन अवार्डका लागि छनोट भएका जानकार दिएको हो । प्रियंकाले ‘बेस्ट एक्ट्रेस नेपाल’ को ट्रफी प्राप्त गर्ने छिन् ।

प्रियंकाले अवार्ड पाउने भएपछि सासु रविना देशराजले सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै खुशी साटेकी छन् । उनले प्रियंकालाई ‘नेपाली चलचित्र क्षेत्रकी रानी’ को संज्ञा समेत दिएकी छन् ।

‘तिमी हाम्रो जीवनको र नेपाली फिल्मकी रानी हौ । तिमी यो गौरवपूर्ण अवार्डका लागि योग्य थियौ’ रविनाले लेखेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार