डाक्टर लाइसेन्स परीक्षामा ५४ प्रतिशत उत्तीर्ण

२०८१ जेष्ठ ९, बुधबार

काठमाडौं : नेपाल मेडिकल काउन्सिलले चिकित्सक नाम दर्ता (डाक्टर लाइसेन्स) परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

काउन्सिलका रजिष्ट्रार डा. सतिशकुमार देवका अनुसार परीक्षामा ५४.६२ प्रतिशत उत्तीर्ण भएका हुन् । उनका अनुसार परीक्षामा एमबीबीएसतर्फ १ हजार ३७१ जनाले फर्म भरे पनि परीक्षामा १ हजार ३५६ जना सहभागी भएका थिए । जसमध्ये ७५१ जना (५५.३८ प्रतिशत) परीक्षार्थी उत्तीर्ण भएका छन् । एमबीबीएसतर्फ परीक्षामा १५ जना अनुपस्थित भएको र दुई जनाको स्थगित गरिएको छ ।

यस्तै बीडीएसतर्फको परीक्षामा २९९ जना सहभागी भएका थिए । ती मध्ये १५३ जना (५१.१७ प्रतिशत) उत्तीर्ण भएका हुन् । काउन्सिलले बीडीएसमा दुई जना अनुपस्थित रहेको जनाएको छ । परीक्षा गत सोमबारबाट आज सम्म चलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार