तोकिएको मापदण्ड पूरा गरेर मात्र जार तथा बोतलका पानी बेच्नू: काठमाडौं महानगर

२०८१ जेष्ठ १०, बिहीबार

काठमाडौं : काठमाडौं महानगरपालिकाले बिक्रीका लागि राखिएका जार तथा बोतलमा लेउ लागेका, मूल्य र उत्पादन मिति उल्लेख नभएका विषयमा ध्यानाकर्षण भएको जनाएको छ।

बिहीबार सूचना जारी गर्दै उपभोक्ताको स्वास्थ्यमा खेलबाड हुन सक्ने क्रियाकलापको नियन्त्रणका लागि प्रशोधित पानीको उद्योगी तथा व्यवसायीहरू एवं काठमाडौं महानगरपालिकाको सहकार्य हुन आवश्यक रहेको उल्लेख गरेको छ।

‘आम नागरिक उपभोक्ताको स्वास्थ्यमा खेलबाड हुनसक्ने क्रियाकलापको नियन्त्रणका लागि प्रशोधित पानीको उद्योगी तथा व्यवसायीहरू एवं काठमाडौं महानगरपालिकाको सहकार्य हुन आवश्यक देखिन्छ,’ सूचनामा लेखिएको छ, ‘प्रशोधित पिउने पानी उत्पादन सम्बन्धी निर्देशिका- २०७४ मा तोकिएको मापदण्ड पूरा गरेर मात्र पानी ढुवानी तथा बिक्री वितरणको प्रबन्ध मिलाउन सम्बन्धित सबैमा अनुरोध छ।’

यस्तै, महानगर क्षेत्रभित्र बिक्री गरिने जार तथा बोतलहरू कुचिएका, टुटेफुटेका, लेउ लागेका, मूल्य र उत्पादन मिति उल्लेख नभएका साथै राम्रोसँग सिल समेत नगरिएको जनगुनासो समेत आएको बताएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार