विद्यार्थी बोकेर रारा भ्रमणमा गएको जिप दुर्घटना, १२ जना घाइते

२०८१ जेष्ठ १०, बिहीबार

बाजुराबाट : बाजुराबाट रारातर्फ भ्रमणमा लागि जाँदै गरेको विद्यार्थी र शिक्षक सवार जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। बाजुराको हिमाली गाउँपालिका–५ कोल्टिमा रहेको भवानी माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी तथा विद्यार्थीहरूलाई रारा घुमाउन लैजाँदै गरेको ग १ ज ८२४९ नम्बरको जिप बिहीबार मुगुको खत्याड गाउँपालिका वडा–२ जाम हिलटप भन्ने स्थानमा दुर्घटना भएको हो।

दुर्घटनामा चालक सहित १२ जना घाइते छन्। घाइते हुनेहरूमा ९ जना विद्यार्थी, दुई शिक्षक र चालक रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए। उनका अनुसार घाइतेहरु मध्ये चालक लालबहादुर भण्डारीको अवस्था गम्भीर रहेको छ। उनकाे स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको उनले जनाए। प्रहरी नायव उपरीक्षक थापाले अरु सबैको अवस्था सामान्य रहेको बताए। जिप सडकबाट २५ मिटर तल खसेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार