त्रिभुवन विमानस्थलमा सबै उडान र अवतरण सुचारु

२०८१ जेष्ठ ११, शुक्रबार

काठमाडौँ : एक घण्टाका लागि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालनमा आएको छ। विमानस्थल कार्यालयका प्रवक्ता सुवास झाले हाललाई विमानस्थलको सेवा सुचारु भएको जानकारी दिए।

धावनमार्गमा खाल्डो देखिएको भन्दै यसअघि १ घण्टाका लागि विमानस्थल बन्द गरिए पनि अहिलेलाई समस्याको समाधान भएको उनले बताए।उनका अनुसार थाई एयरवेजको जहाज, मलेसिया एयरलाइन्सको जहाज अवतरण गरिसकेको छ भने सिचुवान एयरलाइन्स र एयर चाइनाको जहाजले उडान भरेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार